टर्कीले बन्द गर्यो इजरायल सँगको व्यापार

नेपालभ्युज

टर्कीले बन्द गर्यो इजरायल सँगको व्यापार

काठमाडौं । टर्कीले गाजामा आफ्नो आक्रमणलाई लिएर इजरायलसँगको सबै व्यापार बन्द गरेको छ ।

टर्कीको व्यापार मन्त्रालयले इजरायलले गाजामा सहायताको ‘निर्बाध र पर्याप्त प्रवाह’ अनुमति नदिएसम्म व्यापार बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

दुई देशबीचको व्यापार गत वर्ष करिब ७ अर्ब डलर बराबरको व्यापार भएको थियो ।

इजरायलका विदेशमन्त्री काट्जले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई ‘तानाशाह’ जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

स्थानीय उत्पादन र अन्य मुलुकबाट आयातमा केन्द्रित भएर टर्कीसँगको व्यापारको विकल्प खोज्न इजरायलको परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

सन् १९४९ मा इजरायललाई मान्यता दिने पहिलो मुस्लिम बहुल राष्ट्र टर्की थियो । तर, पछिल्ला दशकहरूमा सम्बन्ध बिग्रिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved