प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी (तस्वीर सहित)

प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी (तस्वीर सहित)

काठमाडौं । ३१औं विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विभिन्न सङ्घ, सङ्गठन तथा संस्थाका पत्रकारहरू प्रभातफेरी कार्यक्रममा सहभागी थिए ।

‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर आज यो दिवस मनाइँदै छ ।

स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved