बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै, यस्ता छन् एजेण्डा

नेपालभ्युज

बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै, यस्ता छन् एजेण्डा
फाइल तस्वीर

काठमाडौं ।  बागमती प्रदेश सभाको सर्वदलीय बैठक आज (शुक्रबार) बस्दै छ ।

ससंसदीय समितिका सभापति टुंगो लगाउने, बजेट अधिवेशन आह्वानसम्बन्धी छलफल गरी संसद् गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलका नेता तथा सचेतकसहितलाई बोलाइएको छ । सभामुख भुवनकुमार पाठकले आह्वानमा बैठक बस्नल लागेको हो ।

गत चैत १९ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिएपछि वैशाख १२ गते प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved