नबिल बैंक वीरगन्ज शाखाबाट ४\५ बोरा पैसा चोरी, वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेको सीसीटीभी फुटेज

नेपालभ्युज

नबिल बैंक वीरगन्ज शाखाबाट ४\५ बोरा पैसा चोरी, वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेको सीसीटीभी फुटेज

वीरगन्ज । नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेको भन्दै बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको हो ।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको छ । चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।

उनले भने, ‘सय र बीसको नोट राखिएको टिनको बक्सा काटेर पैसा चोरी भएको देखिएको छ ।’ अनुसन्धानमा खटिएका प्रहरीका अनुसार चोरले ४÷५ वटा बोरामा हालेर पैसा लगेका छन् ।

सोमबार चोरी भएको पैसा एकिन गरि बैंकले मंगलबार प्रहरीमा जाहेरी दिएको हो । बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved