ज्याकाराण्डा फुलेपछि बैजनी रङ्गले सजियो सहर (तस्वीरहरू)

ज्याकाराण्डा फुलेपछि बैजनी रङ्गले सजियो सहर (तस्वीरहरू)

काठमाडौं । यति बेला काठमाडौंका सडक, बगैँचा बैजनी रङ्गले सझिएका छन्। ज्याकाराण्डा प्रजातिका फूलहरू फुल्न थालेसँगै सहरमा अर्को सुन्दरता थपिएको छ।

अमेरिकाको रैथाने बिरूवा ज्याकाराण्डाको ४८ वटा प्रजातिहरू रहेका छन्। त्यो मध्ये नेपालमा पाइने ब्लु ज्याकाराण्डाको वैज्ञानिक नाम ‘ज्याकाराण्डा मिमोसिफोलिया’ हो। नेपालमा यसलाई वीरेन्द्र फूलका नामले समेत चिनिन्छ।

ज्याकाराण्डा पाराग्वे, उरूग्वे, दक्षिणी क्यालिफोर्निया, फ्लोरिडा, मेक्सिको, कोलम्बिया, साउदी अरेबिया, अर्जेन्टिना, ब्राजिल, दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बावे, अस्ट्रेलिया, न्यूजील्याण्ड, इजरायल, इटाली, पोर्चुगलमा धेरै पाइन्छ । यो दक्षिण एसियाको नेपाल, पाकिस्तान र भारतका धेरै भागहरूमा पनि पाइन्छ।

ज्याकाराण्डाका बिरूवाहरू अन्य बिरूवाको तुलनामा छिटो बढ्ने र खडेरी सहन सक्ने क्षमताका हुन्छन्। ज्याकाराण्डा फुलेसँगै काठमाडौँ सहर यति बेला बैजनी रङ्गले सजिएको छ। दरबारमार्ग, रत्नपार्क, सुन्धारा, लगायत चक्रपथको विभिन्न क्षेत्रमा दायाँ-बायाँ फुलेका ज्याकाराण्डाले अहिले सहरलाई बैजनी रङ्गमा सजाइरहेका छन्।

तस्वीरहरू:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved