जनकपुरधाम । जनकपुरको एक गेस्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएको छ । ‘होटेल होलि डे एन्ड गेस्ट हाउस’मा महिला पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरु बच्चासहित चार दिनयता होटलमा बसेका थिए । मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।
महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएको भेटिएको हो । ढोका फोडेर बालिकालाई बाहिर निकालिएको छ ।
उनीहरु पति पत्नी भने होइनन् । पुरूषको चार र महिलाको १ सन्तान छन् । घटनाको अनुसन्धान भइरहेको छ ।
Facebook Comment
Comment