क्रिकेटर लामिछानेले उच्च अदालतमा गरेको पुनरावेदनको पेसी आज

नेपालभ्युज

क्रिकेटर लामिछानेले उच्च अदालतमा गरेको पुनरावेदनको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको मुद्दामा आज उच्च अदालत पाटनले पेसी तोकेको छ ।

लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलामाथि उच्च अदालतलमा पुनरावेदन गरेका थिए । पाटन अदालतले सोही मुद्दाको आज पेसी तोेकेको हो ।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट कागजात मगाउने आदेश दिएर फैसला टारिदिएको लामिछाने पक्षको बुझाई छ ।

अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले गत पुस १३ गते लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो ।

सोही फैसला अनुरुप  लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved