छिल्लीकोटबाट मूर्ति चोरी गर्ने पक्राउ

नेपालभ्युज

छिल्लीकोटबाट मूर्ति चोरी गर्ने पक्राउ

तुलसीपुर । प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरेको छ । माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

उनका अनुसार आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो । उनीहरु तीनै जनाले आफूहरु माता रहेको र भगवान्ले घण्टी मागर गरेको भन्दै मूर्ति र घण्टी ल्याएको बताएका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरुविरुद्ध जाहेरी दिन लागिएको बताएका छन् । उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved