निलम्बित न्यायाधीश गिरी कारागार चलान

नेपालभ्युज

निलम्बित न्यायाधीश गिरी कारागार चलान

काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतले गिरीलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको हो ।

वैवाहिक बलात्कार मुद्दामा गत चैत २१ गते सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

सो आदेशपछि सोमबार उनी जिल्ला अदालतमा उपस्थित भएका थिए ।

निलम्बित न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

कपिलवस्तु जिल्ला अदालतका तत्कालिन न्यायाधीश गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दा लड्न आदेश दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved