रवि लामिछानेले भने– राप्रपाको प्रदर्शनमा परिस्थिति नियन्त्रणमा लिने क्रममा सामान्य बल प्रयोग भयो

नेपालभ्युज

रवि लामिछानेले भने– राप्रपाको प्रदर्शनमा परिस्थिति नियन्त्रणमा लिने क्रममा सामान्य बल प्रयोग भयो

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार राप्रपाको प्रदर्शनमा सामान्य बल प्रयोग भएको भन्दै स्वाभाविक रहेको बताएका छन् ।
राप्रपाले यसको विरोध गर्दैगर्दा रविले भने स्वाभाविक भन्दै यद्यपि सुरक्षा निकायलाई निर्देशन नदिएको दाबी गरेका हुन् ।

जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै उनले परिस्थिति नियन्त्रणमा लिने क्रममा त्यस्तो भए पनि सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरे ।

‘प्रदर्शन गर्दा ढुंगामुढा गर्ने जस्ता परिस्थिति सृजना भएपछि नियन्त्रणमा लिने क्रममा त्यस्तो मेजर घटना देखिएको छैन । यद्यपि सुरक्षित गर्नुपर्दा घटना भई नै हाल्छ । त्यसलाई सुधार्न सकिन्छ’ रविले भने ।

गृहमन्त्री लामिछानेले प्रहरी समायोजनको ड्राफ्टमा काम भइरहेको पनि बताए । उनले सुरक्षा अधिकारीको सरुवालाई कारबाहीको रुपमा लिन नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved