सीमापार आतंकवाद सहने समय सकियोः भारतका विदेशमन्त्री

नेपालभ्युज

सीमापार आतंकवाद सहने समय सकियोः भारतका विदेशमन्त्री

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले सीमापार आतंकवादलाई सहने समय अब सकिएको बताएका छन् ।

राजस्थानको बीकानेरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले भने, ‘पहिले नागरिकहरूको दिमागमा सुरक्षाको प्रश्न थियो। भारतले सीमा पारबाट हुने आतंकवादलाई सहने समय अब ​​गएको छ ।’

उनले २६/११ मा मुम्बईमा भएजस्तो घटना नरेन्द्र मोदीको कार्यकालमा भारतमा नदोहोरिने जिकिर गरे ।

‘आजको भारतमा यदि कुनै आतंकवादी घटना हुन्छ भने, हाम्रो जवाफ उरी, बालाकोट हो, यो एउटा सीमाको कुरा होइन’ एस जयशंकरले थप भने, ‘उत्तरी सीमामा पनि केही भयो भने त्यसको सामना गर्न हाम्रो सेना उभिएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved