यूएईमा राधिका मृत्यु प्रकरण : पक्राउ परेका भाइ रिहा, पति अझै फरार

नेपालभ्युज

यूएईमा राधिका मृत्यु प्रकरण : पक्राउ परेका भाइ रिहा, पति अझै फरार
मृतक अर्घाखाँचीकी राधा न्यौपाने र पति कैलालीका नेत्रप्रसाद न्यौपाने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा अजमानस्थित चाइना मलको भवनबाट खसेर राधिका घिमिरेको ज्यान गएपछि प्रहरी नियन्त्रणमा रहेका शानेश्वर घिमिरे रिहा भएका छन् ।

पाणिनी–५ मैदान अर्घाखाँचीका थानेश्वर घिमिरे राधिकाको भाइ पर्छन् । उनले फेसुबमा पोस्ट गर्दै इन्भेष्टिकेसन पछि आफू सुरक्षित रहेको बताएका छन् ।

राधिकाको मृत्युको विषयमा उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । २९ वर्षीया राधिका आइतबार बिहान यूएईको अजमान चाइना मलनजिकै आफू बस्दै आएको बिल्डिङबाहिर भुईँमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनापछि डराएर भागेका थानेश्वर आइतबार दिउँसो आफैँ प्रहरी कार्यालयमा पुगेको बताए । उनलाई दिदीले काममा लगाइदिने भनेर भिजिट भिसामार्फत यूएई बोलाएका थिए ।

यूएईको अग्लो भवनमा नेपाली दम्पतीको झगडा, श्रीमतीलाई धकेलेर खसाएपछि श्रीमान् फरार

राधिकाको मृत्युपछि पति नेत्रप्रसाद फरार छन् । उनले पत्नी राधिकालाई बोतलले टाउकोमा हानेर भवनबाट तल खसाएको आरोप छ ।

घटना अघिसम्म आफू दिदी भिनाजुसँगै रमाइलो गरिरहेको र दिदी–भिनाजुबीच सामान्य भनाभन हुँदा घटना भएको उनले बताएका छन् ।

राधिका रोजगारीका लागि १३ महिना अघि यूएई पुगेकी थिइन् । उनको मृत्युपछि पति टीकापुर–७ कैलालीका नेत्रप्रसाद न्यौपाने फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved