काठमाडौंको वायु प्रदूषण सुध्रिन अझै केही दिन लाग्ने

नेपालभ्युज

काठमाडौंको वायु प्रदूषण सुध्रिन अझै केही दिन लाग्ने

काठमाडौं । विश्वका सर्वाधिक वायु प्रदूषित सहरको सूचीमा एक नम्बरमा रहेको काठमाडौं उपत्यकाको वायू प्रदुषणको अवस्था सुध्रन अझै केहि दिन लाग्ने भएको छ ।  वर्षा नहुन्जेलसम्म प्रदुषणको अवस्था नसुध्रने देखिएको हो ।

मौसम विज्ञान विभागका अनुसार वर्षा भएपछि हावामा फैलिरहेको प्रदुषणका कण जमिनमा झरेपछि मात्रै काठमाडौंको वायु स्वच्छ हुने छ । मौससवीद गोविन्द झाले केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँमा वायुमा प्रदूषण बढेको बताए । वर्षा नहुन्जेल डढेलो नियन्त्रण नहुने भएकाले पनि काठमाडौंको वायु प्रदुषणको अवस्था तत्काल सुध्रने देखिदैन ।

विभागका अनुसार अझै ३/ ४ दिन वर्षाको सम्भावना छैन । प्रदुषणकै कारण केही दिनयता, काठमाडौँ उपत्यकामा लगातार तुवाँलो लागिरहेको छ । तुवाँलोका कारण काठमाडौंको भिजिबिलिटी २ हजार मिटर मात्र छ ।

एअर क्वालिटी इन्डेक्स(AQI) अनुसार विश्वका सर्वाधिक वायु प्रदूषित सहरको सूचीमा आज पनि काठमाडौँ पहिलो नम्बरमा छ ।  काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) अहिले २३० देखिएको छ । ० देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ्यप्रद मानिन्छ । त्यो देखि माथि जाने वितिकै प्रतिकुल वायुका रुपमा लिइन्छ ।

२ सय १ देखि ३ सयसम्मको एक्यूआइलाई अति अस्वस्थरक वायु मानिन्छ भने ३ सय १ देखि ४ सयसम्मलाई खतरनाक र ४ सय १ देखि ४ सय ५० सम्मलाई अति खतरा मानिन्छ ।

नेपालको वायु अति अस्वस्थ्यकरको सूचीमा पुगेको छ । काठमाडौंको वायुको अवस्था सुध्रिन वर्षा कुर्नुको विकल्प नभएको वातावरण विभागको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved