कर्णालीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट कँडेलको दाबी पेस

नेपालभ्युज

कर्णालीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट कँडेलको दाबी पेस

काठमाडौं । कर्णाली प्रदेशमा गठबन्धन दलले नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेको छ । प्रदेश सभाका बहुमत सदस्यले हस्ताक्षरसहित गठबन्धनले कँडेललाई मुख्यमन्त्रीमा अघि सारेको हो ।

एमाले माओवादी र नेकपा एसका २४ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष मंगलबार दाबी पेस गरेका हुन् ।

कँडेलको पक्षमा माओवादीका १३, एमालेका १० र नेकपा एकीकृत समाजवादीका १ जना सांसदले समर्थन जनाएका छन् । ४० सदस्य रहेको प्रदेश सभामा सरकार गठनका लागि २१ जनाको समर्थन आवश्यक पर्छ ।

गठबन्धन दलबीच केन्द्रमा भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि माओवादी केन्द्रका नेता राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved