गाजाको रफाहमा आक्रमण गर्न मिति तय भइसकेको छ : नेतान्याहु

नेपालभ्युज

गाजाको रफाहमा आक्रमण गर्न मिति तय भइसकेको छ : नेतान्याहु

काठमाडौं। इजारायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको रफाह सहरमा आक्रमण गर्नको लागि मिति तय गरिसकेको बताएका छन्।

१५ लाखभन्दा बढि प्यालेस्टिनीले केहि हप्तादेखि शरण लिइरहेको सो सहरमा सैन्य गतिविधि सुरु गर्ने संकेत नेतान्याहुले गरेका हुन् । उनले यसबारे थप जानकारी भने दिएनन्।

प्यालेस्टिनी अतिवादी समूह हमास र इजरायलबीच बन्धक तथा कैदीलाई स्वतन्त्र गर्ने र युद्धविरामबारे वार्ता इजिप्टमा चल्दैँ गर्दा प्रधानमन्त्री नेतान्याहुको यस्तो प्रतिक्रिया आएको हो।

आतंकवादीलाई सखाप गर्न नियोजित आक्रमणको आवश्यकता भएको प्रधानमन्त्री नेतान्याहुको भनाई छ ।

हप्तौँदेखि विश्वका विभिन्न राष्ट्रका नेताहरुले भने इजरायललाई योजनाभन्दा अगाडि नहतारिन आग्रह गरिरहेका छन् ।

इजिप्ट, फ्रान्स र जोर्डनका नेताहरुले इजरायललाई आक्रमणको भयावह परिणाम हुनसक्ने र मुद्रस्फीतिमा पनि असर पुर्याउन सक्ने भन्दै चेतावनी दिएका छन् ।

७ अक्टोबरमा हमासले इजरायलको दक्षिणी सिमानामा आक्रमण गर्दा १२०० मानिस मारिएका थिए। हमासले २५० जनालाई बन्धक बनाएको थियो। ६ महिना देखि चलेको युद्ध विरामका लागि पहल भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved