इजरायल हमासलाई सखाप पार्नबाट कति टाढा?

नेपालभ्युज

इजरायल हमासलाई सखाप पार्नबाट कति टाढा?

काठमाडौं। प्यालेस्टिनी अतिवादी समूह हमासका लडाकुहरूले गाजा हुँदै इजरायलमा आतंक फैलाएको ६ महिना पूरा हुन लागेको छ। अक्टोबर ७ मा हमासले सुरू गरेको आक्रमणमा करिब १२०० मानिस मारिएका थिए। सयौँ जनालाई बन्धक बनाइएको थियो।

सो आक्रमणको जवाफमा इजरायलले हमासको अस्तित्व मेट्ने प्रण लियो। इजरायलले सबै त्रासको अन्त्य गरी सबै बन्धकलाई घर फर्काउने अठोट लियो।
हमासको अधिनमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार क्रूर युद्धको चपेटमा परी अहिलेसम्म ३३ हजार प्यालेस्टिनका नागरिकले ज्यान गुमाइसकेका छन्।

हजारौँ हमास लडाकु मार्नुको साथै आक्रमणको लागि गाजाको क्षेत्रमा बनाईएको सुरूङको ठुलो संजाललाई पनि नष्ट गरेको इजरायलले जनाएको छ।
बीबीसीले इजरायल रक्षा बल (आईडीएफ)को प्रेस वक्तव्य र सामाजिक संजालको पोष्टको आधारमा इजरायलको लक्ष्यलाई खोतल्ने प्रयास गरेको छ।

हमासका कति नेता मारिए?
आईडीएफ कमाण्डरहलाई उदृत गरिएको प्रतिवेदनमा अक्टोबर ७ अगाडि गाजामा हमासको ३० हजार लडाकुहरू भएको अनुमान गरिएको थियो।

राजनीतिक छवि बोकेका तथा हमासको सम्पूर्ण नेतृत्व गर्ने वरिष्ठ नेताहरू, जस्तै: हइस्माल हानिया विदेशमा बस्दै आएका छन्। तर, इजरायलको अधिकतम सैन्य नेतृत्व संरचना भने गाजामा भएको विश्वास गरिन्छ।

पछिल्लोपटकको वक्तव्यअनुसार आईडीएफले हालसम्म करिब १३ हजार हमास लडाकुहरू मारेको जनाएको छ। तथापि, मृतकको संख्या कसरी गणना गरियो भन्नेबारे भने इजारायली सेना मौन छ।

इजरायलले आफुले मारेको हमास नेताहरूको नाम पनि सार्वजनिक गर्दै आएको छ।

युद्ध सुरु भएको पहिलो ३ महिनामा इजरायलले कुल ११३ जना नेता मारेको जनाएको थियो । तर, इजरायली सेनाले मार्चसम्ममा हमासका वरिष्ठ नेता मारिएकोबारे कुनै जानकारी गराएको छैन।

मार्च २६ मा हमासको सैन्य विभागको डेप्यूटी कमाण्डर मार्वन इसालाई मारेको आईडीएफले बतायो। इजरायलको मोस्ट–वान्टेडको सूचीमा गनिने इसा, युद्ध सुरु भएपछि मारिने एक मात्र वरिष्ठ नेता हुन्। अमेरिकाले इसा मारिएको बताए पनि हमासले भने यसलाई पुष्टि गरेको छैन।

यता, आईडीएफले भने विभिन्न व्यक्तिहरूको नाम मारिएका हमासको वरिष्ठ नेताको रूपमा सार्वजनिक गर्ने गर्छ । तर, ती मानिसहरू हमासको सदस्य भएको वा नभएको भने पुष्टि गर्न सम्भव छैन।

सोही सुचीमा परेको एक नाम हो मुस्तफा थुराया। जनवरीमा गाजाको दक्षिणी क्षेत्रमा भएको गाडीमाथि आक्रमण हुँदा थुराया मारिएका थिए। तर, उनी हमासको लडाकु नभई एक स्वतन्त्र पत्रकार थिए।

बीबीसीले सो सूचीमा नक्कली नाम पनि फेला पार्यो, जसलाई भने कुल मृतक संख्याबाट पनि हटाइयो।

गाजा बाहिर भने जनवरीमा बेरूतको दक्षिणी उपनगर डाहियेमा हमासका नेता सालेह अल–अरौरी एक विष्फोटमा मारिए। अल–अरौरीको मृत्युमा इजरायल जिम्मेवार रहेको मानिएको छ।

यद्यपि, विज्ञहरूले गाजाका याह्या सिनवारजस्ता चर्चित नेताहरू भने अझै जीवित भएको विश्वास राखेका छन्।

अन्तर्राष्ट्रिय संकट समुुहको इजरायल–प्यालेस्टाइन गतिविधिका वरिष्ठ विश्लेषक मैराव जोन्सेनले भने,‘आईडीएफ हमासको उच्च तहको नेतृत्वसम्म पुग्न सकेको छैन। आईडीएफ न त प्रतीकात्मक स्तरमा पनि मुख्य नेताहरूको नजिक पुग्न सकेको छ न त कब्जा गरेको क्षेत्रहरूबाट हमासलाई विस्थापित गर्न सकेको छ।’

गाजामा कति बन्धक बाँकी छन् ?
इजरायलको आधिकारिक तथ्याङ्कअनुसार ७ अक्टोबरमा २५३ जनालाई बन्धक बनाइएको थियो। जसमध्येः

  • १०९ जनालाई कैदी रिहा गर्दा र विभिन्न सहमतिमा छाडिए
  •  इजरायली सेनाले सैन्य गतिविधिमार्फत् ३ जनाको उद्धार गरे
  • ११ बन्धकको शव भेटिएको छ, जसमध्ये ३ सैन्य गतिविधिको दौरान मारिएको आईडीएफले स्वीकारेको छ ।

सबैभन्दा कान्छा बन्धक १८ वर्ष र सबैभन्दा ज्येष्ठ ८५ वर्षको रहेको पुष्टि भइसकेको छ। बाँकी १३० बन्धकमध्ये करिब ३४ जना मारिएको इजरायलले बताएको छ।

हमासले भने आईडीएफ हवाइ हमलाका कारण मृत्यु हुने बन्धकको संख्या उच्च भएको बताउँदै आएको छ। तर, यस्तो आरोपलाई भने पुष्टि गर्ने कुनै आधार छैन।

हमास आक्रमणमा परी बन्धक बनेका सबैभन्दा कान्छो उमेरका एरियल र केफिर हुन्। जसमध्ये बन्धक बनाउने क्रममा एरियल ८ वर्ष र केफिर ९ मिहना मात्र थिए। दुवैको मृत्यु भएको खबर प्राप्त भएपनि मृत्यु पुष्टि भएको छैन।

हमासको कति सुरूङ्ग नष्ट गरियो?
हमासलाई सखाप पार्ने उद्देश्यले गाजामुनि रहेका सो समुहको सुरूङको संजाललाई नष्ट गर्ने इजरायलले लक्ष्य लिएको थियो। हमासले सामान तथा मानिसलाई एक ठाँउबाट अन्य ठाँउमा लान सो सुरूङको प्रयोग गर्ने गरेको छ।

‘गाजा पट्टीलाई एक तह सर्वसाधरण र अर्को तह हमासको रूपमा सोचाैँ । हामी हमासले बनाएको त्यस दोस्रो तहलाई लक्ष्य बनाइरहेका छौँ, ’हमासका प्रवक्ता जोनाथन कन्रिकसले बताए।

यसअघि नै हमासले सुरूङको संजाल ५०० किलोमिटर फैलिएको बताएको थियो। यसलाई स्वतन्त्र रूपमा भने पुष्टि गर्ने आधार भेटिएको छैन। बीबीसीले कति सुरूङ नष्ट गरियो भनेर सोध्दा आईडीएफले गाजामा अत्याधिक संख्यामा आतंकवादीको पूर्वाधार नष्ट गरेको बतायो।

आईडीएफले पटक-पटक हमासको सुरूङ भेटाएको प्रमाण दिँदै आएको छ। जस्तै: नोभेम्बरमा, आईडीएफले गाजा सहरस्थित अल–शिफा अस्पताल मुनि रहेको सुरूङ सार्वजनिक गरेको भिडियो फुटेजमा देखाइएको थियो। सो सुरूङलाई कमान्ड सेन्टरको रूपमा प्रयोग गरिएको इजरायली सेनाले दाबी गरेको थियो।

सन् २०२३ अक्टोबर ७ र सन् २०२४ मार्च २६ बीचको समयमा आईडीएफले आफ्नो सामाजिक संजाल तथा टेलिग्राममा गाजास्थित सुरूङ नष्ट गरेको सार्वजनिक सन्देशलाई बीबीसीले विश्लेषण गरेको थियो।

जसमध्ये कुल सन्देशमा १९८ सुरूङ भेटिएको आईडीएफले जनाएको थियो। जसमध्ये १४१ सुरूङ नष्ट वा असक्रिया गरिएको पाइएको छ।

अत्याधिक सुरूङ भेटाइएको सुरूङ बारे आईडीएफले मौन रहँदा कुन स्थानमा कति नष्ट वा अशक्रिया पारिए भन्नेको यकिन विवरण नभएको बीबीसीले जनाएको छ।
गाजाको मुनिको तह विभिन्न तरिकाले बानाइएको छ। कतिमा फरक-फरक आकारको कोठा तथा कतिमा सुरूङ त कतिमा सुरूङ जोडिने संरचना पनि रहेका छन्।

बीबीसीका अनुसार ३६ हमला गरिएको स्थानमा ४ सय भन्दा बढि सुरूङहरू जोड्ने संरचना तथा प्यासेज रहेको पाइएको छ।

यद्यपि, सुरूङ र सुरूङहरू जोड्ने संरचनालाई यथावता भएको अनुमान गर्न नसकिने इजरायल को रिचमान विश्वविद्यालय का प्राध्यापक, भूमिगत युद्धका एक विशेषज्ञ, डा. डाफ्ने रिचमन्ड–बराकले बताए । उनले युद्धमा अत्याधिक सुरूङ नष्ट भएको नदेखेको बताइन्।

इजरायलको आक्रमण महंगो साबित हुँदै
इजरायलले गाजामा गरेको आक्रमण प्यालेटाइन नागरिकको जीवनको लागि महंङ्गो साबित भएको छ। हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढि जना मरिसकेका छन्।

अप्रिल ५ मा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा मारिनेमा ७० प्रतिशतभन्दा बढि महिला र बालबालिका रहेको उल्लेख गरेको छ।

इजरायली सेनाले हमासका पूर्वाधारहरू नष्ट गर्ने क्रममा कति मानिस पुर्नस्थापित भएभने कति बेघर भए । संयुक्त राष्ट्रका अनुसार १७ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्।

आवासीय क्षेत्रहरू ध्वस्त भएका छन्। चहपहल हुने सडक सुनसा नबनेको छ। विश्वविद्यालय नष्ट भएको छ। कृषियोग्य जमिन बाँजो भएको छ।

स्याटलाइट डेटा विश्लेषणाका अनुसार ७ अक्टोबर यता गाजामा ५६ प्रतिशतभन्दा बढि भवनहरू क्षतिग्रस्त अवस्थामा पुगेका छन्। युद्ध सुरू भएको ६ महिना बितिसक्दा पनि इजरायलले आफ्नो लक्ष्य पुरा गरेको वा नगरेको भने प्रस्ट भइसकेको छैन।

(बीबीसीबाट अनुवादित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved