सशस्त्र गोदाममा आगलागीबारे छानविन गर्न एआइजीको नेतृत्वमा समिति गठन

नेपालभ्युज

सशस्त्र गोदाममा आगलागीबारे छानविन गर्न एआइजीको नेतृत्वमा  समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआइजी वंशीराज दाहालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा प्राविधिक अधिकृतहरुलाई पनि समावेश गरिएको छ । सोमबार बेलुका पौने ५ बजेतिर भएको आगलागीबाट ठूलो धनराशीका सामानहरु जलेर नष्ट भएका छन् ।

घटनापछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्यालसहितका अधिकारी बलम्बु पुगेका थिए । मन्त्री लामिछानेले आन्तरिक छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन निर्देशन दिए लगत्तै महानिरीक्षक अर्यालले एआइजी दाहालको नेतृत्वमा समिति गठन गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved