गण्डकीमा खगराजलाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई कांग्रेसको पत्र

नेपालभ्युज

गण्डकीमा खगराजलाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई कांग्रेसको पत्र

काठमाडौं । नेपाली कांग्रेसले खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पत्र पठाएको छ ।

नेकपा (एमाले) का संसदीय दलका नेता अधिकारीले आइतबार सभामुख कृष्णप्रसाद धितालको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेपछि कांग्रेसले प्रदेश प्रमुख भट्टरालाई पत्र पठाउँदै मुख्यमन्त्री नियुक्न नगर्न भनेको हो ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पठाएको पत्रमा असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगर्न भनिएको ।

“म आफुलाई जानकारी हुन आएअनुसार प्रदेश सभाका बहुमत सदस्यहरूको हस्ताक्षर भनिएको उक्त दाबी पत्रमा दलको नेताले हस्ताक्षर गरेको भन्ने बुझिएको छ,” त्यहाँ भनिएको छ, “प्रदेश सभाका प्रत्येक संदस्यहरूको फरक प्रयोजनका लागि लिइएको पुरानो हस्ताक्षर दुरुपयोग गरिएको भनी स्वयम् केही प्रदेशसभा सदस्यहरूले भनेको अवस्था छ । समर्थन गरिएको भनिएको हस्ताक्षरको आधिकारिक खनाखत बेगर मुख्यमन्त्रीको नियुक्ति आधिकारीक मान्न सकिँदैन र म निवेदक सनाखतपछि मात्रै कामकारबाही अघि बढाइयोस् भन्ने माग गर्दछु ।”

त्यसो त संविधानविद्हरूले पनि सरकार गठनको प्रक्रियामा सभामुखको सङ्ख्या जोडिन नहुने बताएका छन् । संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्, “सभामुख दलको हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । सरकार गठनको प्रक्रियामा सभामुख जोड्नु असंवैधनिक हो ।”

 

77c0249c-d8cc-4ca6-802a-941a5f8c2eff-1712473484.jpg4b1893ac-550d-4c92-a0e5-dfe64ead0094-1712473498.jpg


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved