काठमाडौंमा आज राप्रपाको मार्चपास, हजारौं भुपू सैनिक सडकमा उत्रिदै

नेपालभ्युज

काठमाडौंमा आज राप्रपाको मार्चपास, हजारौं भुपू सैनिक सडकमा उत्रिदै
फाइल फोटो

काठमाडौं । वृहत जनप्रदर्शनको उद्घोष गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज भुतपूर्व सैनिकलाई मार्चपास गराउँदैछ ।

गणतन्त्र खरोजी र राजसंस्था पुनस्थापनको एजेन्डासहित आन्दोलनरत राप्रपाले तीन हजार भन्दा बढी भुपू सैनिकलाई सडकमा उतार्न लागेको हो ।

भुपु सैनिकको मार्चपास भृकुटीमण्डपबाट ११ बजे सुरु हुने छ । भुपु सैनिकहरु दौरासुरुवाल र ढाका टोपी लगाएर मार्चपासमा उत्रिनेछन् । भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक हुँद पद्मोदय स्कुल अगाडि आएर सभामा परिणत हुनेछ । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्वोधन गर्नेछन् ।

सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनका कार्यक्रम घोषणा गरेको राप्रपाले चरणबद्ध प्रदर्शन गर्ने बताउदै आएको छ । सोही अनुरुप आज भुपू सैनिकको मार्च पास गराउन लागेको हो भने भोलि नेपाल सनातन धर्म संस्कृति संगठनले शंख जुलुस निकालिने राप्रपाले जनाएको छ ।

राप्रपाले पर्सी २७ चैतमा पार्टीले काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । त्यसकै पूर्वसन्ध्यामा राप्रपा निकट सेवानिवृत्त सैनिकहरु सडकमा निस्किने भएका हुन् ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँुदे मागमा अभिभावकका रुपमा संवैधानिक राजसंस्था हुनुपर्ने, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, धर्मान्तरण तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकारको मागसहित जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने लगायत उल्लेख छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved