गर्मी आइसक्यो, अब खानपानमा गर्नुहोस यस्तो परिवर्तन

नेपालभ्युज

गर्मी आइसक्यो, अब खानपानमा गर्नुहोस यस्तो परिवर्तन

एजेन्सी । देशभर लगभग गर्मी सुरु भइसकेको छ । विगत केही दिनयता तापक्रम बढ्दै गइरहेको छ । त्यसैले जीवनशैलीसँगै अब गर्मीमा खानपान पनि परिवर्तन गर्ने बेला आइसकेको छ ।

खासगरी गर्मीमा शरीरलाई डिहाइड्रेट हुनबाट बचाउन चिसो बनाइराख्न खानपानमा परिवर्तन गर्न जरुरी छ ।

आहारमा कांक्रा अवश्य समावेश गर्नुहोस् । यसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । काँक्रालाई खानामा अचार वा छुट्टै सलादको रुपमा खान सकिन्छ ।

त्यस्तै अब खरबुजा तथा तरबुजाको मौसम पनि हो । दिउँसो वा बिहानको समयमा केही मात्रामा तरबुजा तथा खरबुजा सेवन गर्न सक्नुहुन्छ । यसले पानीको कमी पूरा गर्नुका साथै शरीरमा विभिन्न मिनरल्स तथा पोषण पनि दिन्छ ।

बिहान र साँझको भोजनमा पनि विशेषगरी हरियो पात भएका साग तथा तरकारी सामेल गराउनुहोस् । यसबाट शरीरमा भिटामिन तथा प्रोटिन प्राप्त गर्न सकिन्छ । जो पचाउन पनि सजिलो हुन्छ ।

गर्मीमा दही वा मोही बनाएर पिउनु पनि एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई हाइड्रेट बनाउनुका साथै पाचनमा पनि फाइदा गर्छ ।

सबैभन्दा जरुरी गर्मीमा दिनभरमा कम्तीमा ३ लिटर पानी पिउनु पर्दछ । गर्मी बढ्दै जाँदा शरीरबाट अत्यधिक पसिना आउँछ जसले गर्दा पानीको कमी हुन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved