इलाम-२ मा रास्वपाका मिलन लिम्बूले गरे उम्मेदवारी दर्ता

नेपालभ्युज

इलाम-२ मा रास्वपाका मिलन लिम्बूले गरे उम्मेदवारी दर्ता

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिलन लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टीका उपसभापति तथा श्रममन्त्री डिपि अर्यालसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिम्बूले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू र जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

साथै, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेसनका मनेबहादुर लिम्बू र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved