इलाम-२ : अहिलेसम्म क-कसले गरे उम्मेदवारी दर्ता?

नेपालभ्युज

इलाम-२ : अहिलेसम्म क-कसले गरे उम्मेदवारी दर्ता?

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

अहिलेसम्म ७ जनाको उम्मेदवारी दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

जसमा एमालेबाट सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू र जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ छन् ।

साथै, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेसनका मनेबहादुर लिम्बू र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

अन्य दलहरुको उम्मेदवारहरू मनोनयन दर्ता गर्ने प्रक्रियामा रहेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved