आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्न ठमेल-दरबारमार्ग २४ सै घण्टा खुला गर्न लागेका हौंः रवि लामिछाने

नेपालभ्युज

आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्न ठमेल-दरबारमार्ग २४ सै घण्टा खुला गर्न लागेका हौंः रवि लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्ने गरी गर्न लागेको दाबी गरेका छन् ।

शुक्रवार रात्रिकालिन व्यवसाय सञ्चालन सरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । उनले सरकारले रात्रिकालिन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिद्धता जनाए। गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई वेवास्था गर्ने गरी नजाने बताए।

उनले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पारे । स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उनको भनाई छ । गृहमन्त्री लामिछानेले धेरै मानिसहरु सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरुको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताए । उनले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक हुने बताए ।

उनले २४ सै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताए । पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे । उनले ठमेलको हकमा दुईवटा कुरा रहेको बताए । उनले व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गरे । उनले शहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौं शहर त्यस्तो मृत्यु शहर नभएको बताए ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीहरुकोमा गएर खाना नखान निर्देशन दिए । उनले सल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बाहनामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसरहरु,कर्मचारीहरुलाई एक छाक पनि खुवाउनु नपर्ने बताए । उनले प्रहरीहरुले आफ्नै खाना खाने भन्दै प्रहरीहरुलाई खाना खुवाउने, राख्ने र उपहार दिने व्यवासायीहरुले गरे व्यवसायमा ताला लाग्ने चेतावनी दिए । उनले त्यो लोभ प्रहरीहरुले नराख्ने दाबी गरे।

गृहमन्त्री लामिछानेले व्यवसायीहरुले प्रहरीसँग सम्बन्ध बढाउने काम गर्नु नपर्ने भन्दै व्यवसायको सुरक्षा प्रहरीले भन्दा पनि सुरक्षा नीतिले गर्ने बताए । गृहमन्त्रालयको नीति व्यवसायीहरुलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने भएको दाबी गरे। उनले व्यवसायीहरुले कुनै प्रहरी अफिसरको चाकडी गर्नु नपर्ने भन्दै वर्तमान सरकार त्यो फेवर भन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्न लागेको उल्लेख गरे ।

उनले सरकारको ध्यान श्रम गरिरहेका श्रमिकहरुको श्रम शोषण, महिला दिदि बहिनीहरु सुरक्षित छन वा छैनन्, कम उमेरका बालबालिकाले त्यहाँ लागुपदार्थ दुर्व्यशनमा भए÷नभएको विषयमा ध्यान जाने बताए । उनले लागुपदार्थ दुर्व्यसनीको कार्य भएको पाइए प्रहरीलाई पसल व्यवसायमा सिल लगाउने अधिकार दिने बताए । उनले लागुऔषधको अखडा, विभिन्न यौन हिंसा,महिलाहरु माथि दुर्व्यवहार भएको शहरको सरकारले परिकल्पना नगरेको बताए ।

गृहमन्त्री लामिछानेले ठमेल लगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनामा गृह मन्त्रालयले एक्शन प्लान बनाइरहेको बताए । उनले प्रहरी प्रशासनले आज नै देशभर गुण्डागर्दी गर्नेहरुको नाम लिस्ट लिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved