खुकुरी हानेर शिक्षिका श्रीमतीको हत्या

नेपालभ्युज

खुकुरी हानेर शिक्षिका श्रीमतीको हत्या

काठमाडौं । झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बाह्रदशी गाँउपालिकाका ३३ वर्षीय देवनारायण राजवंशीले श्रीमती ममसरीको हत्या गरेका हुन् ।

बिहान साढे ६ बजेतिर देवनारायणले घाँटीमा खुकुरी प्रहार गरी  ३३ बर्षिया श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरीसहित राजवंशीलाई प्रहरी(Police)ले नियन्त्रणमा लिएको छ । राजवंशी वैदेशिक रोजगारीमा ४ दिन अघि मात्रै फर्किएका थिए ।

श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको भन्दै उनीहरुबीच विवाद हुँदै आएको थियो ।

यहि विवादका कारण उनी अचानक विदामा घर आएको खुलेको छ । श्रीमती स्थानीय विद्यालयमा शिक्षिकाका रुपमा कार्यरत थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved