उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन कांग्रेसभित्र रस्साकस्सी, आज पनि बैठक बस्दै

नेपालभ्युज

उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन कांग्रेसभित्र रस्साकस्सी, आज पनि बैठक  बस्दै
फाइल फोटो

काठमाडौं । उपनिर्वाचनको उम्मेदवार चयनमा अनिर्णित बन्दै गएको नेपाली कांग्रेसले आज पनि बैठक बोलाएको छ । यसअघि दुई दिनसम्म बसेको बैठकले उमेद्वारबारे निर्णय गर्न नसकेपछि आज पुन बैठक बोलाइएको हो ।

बैठक बिहान ९ बजे सभापति शेरवहादुर देउवा(Sher Bahadur Deuba)को निवास बूढानिलकण्ठमा बस्नेछ । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।

इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को मतभेद देखिएको छ ।

इलाम(Ilam)— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच कसलाई बनाउने भन्नेमा नेतृत्व विभाजित बन्दा कांग्रेसलाई उमेद्वार टुंगो लगाउन सकस भएको हो ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने नेता शेखर कोइरालापक्षले आचार्यको नाममा अडान लिएको छ ।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहबीच कसलाई बनाउने भन्नेमा नेताहरुबीच विवाद छ । देउवाले सिंह र कोइरालापक्षले जोशीको नाममा अडान लिइरहेका छन् । कांग्रेस सह—महामन्त्री बद्री पाण्डेले आज बिहान उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेतासँग छलफल गरेर टुंगोमा पुग्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved