कथित तपस्वी रामबहादुर बम्जनको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश

नेपालभ्युज

कथित तपस्वी रामबहादुर बम्जनको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश

काठमाडौं । कथित तपस्वी रामबहादुर बम्जनको मुद्दामा तीन हप्ताभित्र बहस नोट पेस गर्न अदालतले आदेश दिएको छ ।

बुधबार सर्लाही जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले दुवै पक्षको बयान सुनेपछि यस्तो आदेश दिएको हो ।

जब कोठा खोज्न भन्दै सीआईबीको टोली बम्जनको बङ्गला पुग्यो

आगामी तीन हप्ताभित्र दुवै पक्षबाट बहस नोट पेस गर्न आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

गत पुस २६ गते सर्लाही जिल्ला अदालतले बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश आदेश दिएको थियो ।

बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?

उनी महोत्तरीको जलेश्वरस्थित कारागारमा थुनामा छन् ।

बम्जनमाथि नाबालिगलाई जबरजस्ती करणी तथा बाल यौन शोषणको अभियोगमा छ ।

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए बम्जन

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved