यी गिरोह, जसले पाँच महिलालाई विदेश पठाउने भन्दै ल्याए गौशाला, बेच्न लागेको भन्दै समायो प्रहरीले

नेपालभ्युज

यी गिरोह, जसले पाँच महिलालाई विदेश पठाउने भन्दै ल्याए गौशाला, बेच्न लागेको भन्दै समायो प्रहरीले

काठमाडौं । वैदेशिक रोजगारीको नाममा बेचिन लागेका पाँच महिलाको प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले उद्धार गरेको छ ।

विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौंको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।

‘प्रारम्भिक अनुसन्धानमा आकर्षक तलब पाउने लोभ देखाएर उनीहरूलाई विदेशमा बेचबिखन गर्न लागिएको पाइएको छ । बाँकी कुरा खुल्दै जानेछ’ उनले भने ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् । उनीहरूको गिरोहले यसअघि पनि केही महिलालाई विदेश पठाउने बहानामा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

महिला बेचबिखनमा संलग्नमध्येका गणेशबहादुर कटुवाललाई यही चैत २ गते काठमाडौंको टोखा नगरपालिका– ५ बाट ब्युरोले पक्राउ गरेको थियो ।

उनीसँग सोधपुछ तथा अनुसन्धानका क्रममा सोही घटनामा संलग्न रहेको पाइएपछि अर्का साथी फरार भएका थिए । फरार भएका आरोपीमध्ये ५८ वर्षका लक्ष्मीप्रसाद निला सिटौलालाई मंगलबार चैत २० गते काठमाडौंबाटै पक्राउ गरिएको छ ।

उनीहरूसँगको बयानका तथा थप अनुसन्धान गर्दै जाँदा त्यसरी विदेश पठाउने लोभ देखाएर थप पाँच महिलाहरूलाई पनि बेचबिखनमा संलग्न गराउनका लागि होटलमा राखेर आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएपछि प्रहरी टोली गौशालाको होटलमा पुगेको थियो ।

‘सिटौलालाई पक्राउ गर्ने क्रममा उनले भ्रमण भिसामा दुबई हुँदै खाडी मुलुकहरूमा घरेलु कामदारको रूपमा आकर्षक तलब सुविधाको काममा लगाइदिने प्रलोभन देखाइ थप पाँच जना महिलाहरूलाई लैजाने तयारी गरेको पाइएपछि तत्कालै होटलबाट उनीहरूलाई उद्धार गरिएको हो,’ प्रहरी उपरीक्षक फुयाँलले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved