कांग्रेसलाई उपनिर्वाचनको उमेद्वार छान्नै सकस, संसदीय बोर्डको बैठक आज पनि बस्ने

नेपालभ्युज

कांग्रेसलाई उपनिर्वाचनको उमेद्वार छान्नै सकस, संसदीय बोर्डको बैठक आज  पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसलाई उपनिर्वाचनका लागि पार्टीका तर्फबाट चयन गर्ने उमेद्वार छान्न सकस भएको छ । उमेद्वारका आकांक्षी धेरै भएपछि नेतृत्वबीच साझा उमेद्वार बनाउन एक मत हुन सकेको छैन ।

उमेद्वारी दर्ता गर्ने दिन नजिकिदै गर्दा कांग्रेस भने आन्तरिक छलफलमै रुमलिएको छ । हिजो बसेको संसदीय बोर्डको बैठक अनिर्णित भएपछि आज २ बजे पुन बैठक बोलाइएको छ ।

हिजोको बैठकमा सभापति शेरवहादुर देउवा(Sher Bahadur Deuba)ले इलाममा अघिल्लो चुनावमा थोरै मतले पराजित डम्बर बहादुर खड्कालाई नै दोहोरयाउने बताएपछि अन्य नेताले हारेका नेतालाई टिकट दिन नहुने अडान लिएका थिए ।

खड्का एमालेका स्वर्गिय सुवास नेम्वाङ्सँग १ सय १४ मतले पराजित भएका थिए । महामन्त्री गगन थापासहितका नेताले सभापति देउवाको प्रस्तावमा समर्थन जनाउन सकेनन् । नेता डा. शेखर कोइरालासहितका नेताले इलाम– २ मा भेषराज आचार्यलाई टिकट दिएमा चुनाव जित्ने दाबी गरेका थिए ।

शेखरको भनाईमा डा. शंशाक कोइरालाले पनि समर्थन जनाएका छन् ।

अन्य दलले आक्रामक प्रचार प्रसार तिब्र बनाइरहदा कांग्रेस भने उमेद्वार छान्ने प्रक्रियामै अलमलिएको छ ।

कांग्रेसको कोशी प्रदेश समितिले ७ जना उमेद्वारको नाम सिफारिश गरेर केन्द्रमा पठाएको छ ।

बैशाख १५ मा इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुँदैछ भने बझाङमा प्रदेशसभाका लागि चुनाव हुन लागेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved