बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका चार मन्त्रीले लिए शपथ

नेपालभ्युज

बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका चार मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले सत्तारूढ दल नेकपा एमालेबाट ४ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।

उनीहरूले शपथ पनि लिइसकेका छन् । मंगलबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका हुन् ।

एमालेबाट यसअघि आर्थिक मामिला मन्त्रीको रूपमा जगन्नाथ थपलिया सरकारमा सहभागी भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved