लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विश्वासको मत लिने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

चौधरीको सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन् ।

वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नाउपा, जनता समाजवादी पार्टी (जसपा), नेपाल, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग ३ राप्रपासँग ३ र लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

यसैगरी, एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved