हत्या आरोपी माओवादी नेता कालीबहादुर खाम पक्राउ

नेपालभ्युज

हत्या आरोपी माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो।

माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।

२०६५ वैशाख १५ मा श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्‍याएर हत्या गरेको खाममाथि आरोप छ ।

उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved