काठमाडौंको भत्केको पुलमुनि एक पुरुष मृत भेटिए

नेपालभ्युज

काठमाडौंको भत्केको पुलमुनि एक पुरुष मृत भेटिए

काठमाडौं । काठमाडौंमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-३१ स्थित भत्केको पुलमुनि ५५ वर्षीय पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

मृत पुरुषको सनाखत गर्ने प्रयास भइरहेको छ । पुरुषको शरीरमा घाउ, चोटपटक नदेखिएको एसपी अधिकारीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved