प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज उपनिर्वाचनका उम्मेदवार चयन गर्ने

नेपालभ्युज

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज उपनिर्वाचनका उम्मेदवार चयन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा दिउँसो २ बजे बस्ने छ । बैठकले आसन्न उपनिर्वाचनका उम्मेदवार चयन गर्ने बताइएको छ ।

इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य (MP) उपनिर्वाचनका विषयमा छलफल र उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

निर्वाचन आयोग (Election Comission) ले चैत २४ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

प्रदेशसभातर्फ बझाङ ‘१’मा  हुने उपनिर्वाचनका उम्मेदवार पनि टुंगो लगाउने कांग्रेसको तयारी छ । अधिकांश दलले उम्मेदवार खडा गरेर प्रचारात्मक अभियान थालिसक्दा पनि कांग्रेसले भने ढिलो गरी उम्मेदवार टुंगो लगाउन लागेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved