बच्चाले कुन उमेरदेखि योग गर्नु राम्रो हुन्छ ?

नेपालभ्युज

बच्चाले कुन उमेरदेखि योग गर्नु राम्रो हुन्छ ?

एजेन्सी । योग गर्नु हरेक उमेरका व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, के तपाईंलाई थाहा छ बच्चालाई कुन उमेरदेखि योग गराउन सकिन्छ ?

यदि थाहा छैन भने आज यहाँ जानौं बच्चालाई कुन उमेरदेखि योग गराउन सकिन्छ र त्यसबाट के फाइदा हुन सक्छन् भन्नेबारे ।

बच्चाले दैनिक योगको अभ्यास गर्नुपर्दछ । यसले शरीरको विकास पनि तीव्र गतिमा हुन्छ र उनीहरुको मानसिक स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । योग गर्नाले शरीर लचिलो बनाइराख्न पनि सकिन्छ ।

यदि तपाईं चाहनुहुन्छ र बच्चाले पनि रुची देखाइरहेको छ भने ७–८ वर्षदेखि बच्चालाई योग गराउन सक्नुहुन्छ । कम उमेरका बच्चाले पनि सही तरिकाले योग गर्न सकिरहेका छन् भने यसले कुनै समस्या ल्याउँदैन ।

योगले बच्चालाई धेरै भन्दा धेरै क्रियाशील बनाउँछ । साथमा योग गर्नाले शरीर धेरै लचिलो पनि हुन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

बच्चालाई दैनिक रुपमा योग गराउँदा उनीहरुको ध्यान केन्द्रित गर्ने क्षमता बढ्छ र दिमागको विकास पनि सही तरिकाले हुन्छ । बच्चामा आत्मविश्वास बढाउन योगले एकदमै राम्रो भूमिका निर्वाह गर्छ ।

बच्चालाई सुरुआतमा सूर्य नमस्कार र मेडिटेशन जस्ता सजिला योगसान गराउनु पर्छ । यसले बच्चाको मन शान्त हुनेछ र उनीहरुलाई राम्रो अनुभव पनि हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved