एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौँः मन्त्री अधिकारी

नेपालभ्युज

एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौँः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताएका छन् ।

सोमवार ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले २०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा बस्न नपाउने भनिएको भएपनि अहिले चारवटा भन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताए ।

मन्त्री अधिकारीले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकाले मात्रै नभइ सहकारी अभियान्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले सहकारी भित्र देखिएका अहिलेका समस्या समाधान गर्नको लागि अहिलेसम्म भएका त्रुटीबारे खोजि गर्न जरुरी रहेको बताए ।

उनले सहकारीसँग सरकार, सहकारी र सर्वसाधरण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताए । उनले सहकारीहरु ऐन, नियम पूरा गरेर दर्ता गर्ने तर सहकारीको उद्देश्य अनुसार काम नगर्दा सहकारीमा समस्या आएको बताए । उनले सहकारीहरुले सबैभन्दा पहिला सहकारीको उद्देश्य पूरा गर्न लाग्नुको विकल्प नभएको बताए । उनले राष्ट्रिय सहकारी अन्तर्गत भएका सबै निकायहरुमा कमजोरी गर्नेलाई कारबाही गर्ने बताए ।

उहाँले भन्नुभयो,‘सहकारी भित्र देखिएका अहिलेका समस्याहरु समाधान गर्नको लागि कहाँ–कहाँबाट त्रुटी भयो सबैले खोज्न जरुरी छ । सहकारी भनेको सामुहिक भावनाबाट अघि बढ्ने हो भने सरकार,सहकारी र सर्वसाधरण जोडिएका छन् ।’

उनले कमजोरी गर्नेलाई सरकारले कारबाही गरेरै छोड्ने बताए । उनले सहकारी स्थानीय तहमा दर्ता गर्ने प्रावधानसँगै खारेज गर्ने अधिकार पनि दिन आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved