गुल्मीमा पौडी खेल्न र माछा मार्न गएका तीन जनाको शव फेला

नेपालभ्युज

गुल्मीमा पौडी खेल्न र माछा मार्न गएका तीन जनाको शव फेला
प्रतिकात्मक तस्वीर

गुल्मी । खोलामा पौडी खेल्नदेखि माछा मार्न गएकाहरु तीन जनाको शव फेला परेको छ । एक जनाको रुम्दा खोल्सामा र दुई जना बडिगाडखोलामा शव फेला परेको छ । शनिबार र शुक्रबार तीनजनाको शव फेला परेको हो ।

सत्यवती ६ का ४८ वर्षका धनश्याम भण्डारीको खोल्सामा शव भेटिएको हो । मुसिकोट ४ आरुपाटाका २१ बर्षीय सन्दीप कुमाल र गुल्मीदरबार २, घोरा उपल्लोखर्कका १२ बर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेका प्रहरीले जनाएको छ । प्रिन्स शनिबार पौडी खेल्ने क्रममा साँझ ५ बजेतिर बेपत्ता भएका थिए । उनको शव आइतबार भेटिएका हुन् ।

आरुपाटाकासन्दिप मृत शनिवार साँझ ५ बजेको समयमा ग्वादीका चौर नजिकै बडिगाड खोलामा फेला परेका थिए । उनी सन्दीप माछा मार्नका लागि जाल खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

उनलाई खोजी गर्ने क्रममा जालको डोरी खुट्टामा बेरिएको अवस्थामा फेला पारिएको थियो । त्यस्तै उपल्लाखर्कका प्रिन्सको शव आइतबार दिउँसो ११ बजेको समयमा सोता भन्ने स्थानको बडिगाड खोलमा फेला परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved