श्रम स्वीकृति सेवाका लागि अब रातभर पनि काम हुने

नेपालभ्युज

श्रम स्वीकृति सेवाका लागि अब रातभर पनि काम हुने

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले सेवाग्राही बढेपछि रातभर सेवा दिने भएको छ ।

वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृतिका लागि तीन ‘शिफ्ट’मा काम थालेको हो । जस अन्तरगत रातभर सेवा उपलब्ध छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म, दिउँसो २ देखि राति ९ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म गरी तीन ‘शिफ्ट’ मा सेवा दिन थालिएको हो ।

यसअघि बिहान ७ देखि दिउँसो २ बजेसम्म र दिउँसो २ देखि राति ९ बजेसम्म सेवा दिने गरिएको थियो ।

कार्यालयका ५७ जना कर्मचारीलाई आलोपालो गरी व्यवस्थापन मिलाइएको महानिर्देशक घिमिरेले जानकारी दिए ।

उनका अनुसार बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाइनेछ ।

महानिर्देशक घिमिरेले नयाँ र पुनः श्रम स्वीकृति गरी अहिले दैनिक दुई हजार पाँच सय जनासम्मलाई श्रम स्वीकृति दिने गरेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी व्यवस्थापन गर्न निर्देशन दिएपछि कार्यालयले श्रम स्वीकृति दिने सेवा दुई ‘शिफ्ट’ बाट तीन ‘शिफ्ट’ मा विस्तार गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved