जनकपुरधाम । धनुषाको नक्टाझिझमा मोटरसाईकललाई एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ स्थित सोमबार साँझ अस्पतालको एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
ढल्केवर–जनकपुर सडकखण्डमा ढल्केवरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ प ८७१२ नम्बरको एम्बुलेन्सले मिथिला नगरपालिका वडा नं. ३ मर्धर बस्ने जीतेन्द्र महतोले चलाएको ज ११ प १९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार मोटरसाईकल चालक जीतेन्द्र महतोको घटनास्थल्मै मृत्यू भएको हो भने सरोज महतोको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवालेका अनुसार सरोजलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

Facebook Comment
Comment