सुन काण्डको अनुसन्धान गरेका सीआईबीका ४ इन्स्पेक्टर हटाइए

नेपालभ्युज

सुन काण्डको अनुसन्धान गरेका सीआईबीका ४ इन्स्पेक्टर हटाइए

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले कमजोरी ठहर गरेपछि सीआईबीका चारजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हटाइएको छ । उनीहरूलाई अरू ठाउँमा सरुवा गरिएको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सीआईबीका एआईजी किरण बज्राचार्य सहित एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरेपछि सबैलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।

अहिले इन्स्पेक्टर सुरेश खत्री र रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर राजु अधिकारीलाई सीआईबीमा लगिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावलको पनि सीआईबीमा काज सरुवा गरिएको छ ।

त्यस्तै अनुसन्धानमा खटिएकालाई समेत अन्यत्र सरुवा गर्नुपर्ने भन्ने सिफारिस रहेकाले सोही अनुसार इन्स्पेक्टरहरूको पनि सरुवा गरिएको सीआईबी स्रोतले जानकारी दियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved