‘२५ हजार नदिए बलात्कारको मुद्दा हाल्छु’ भन्दै धम्की दिने महिला जेल चलान

नेपालभ्युज

‘२५ हजार नदिए बलात्कारको मुद्दा हाल्छु’ भन्दै धम्की दिने महिला जेल चलान

काठमाडौं । बलात्कारको झुटो आरोप लगाउने एक महिला जेल चलान भएकी छन् ।

जिल्ला अदालत दाङका तहसिलदारलाई बलात्कारको झुटो आरोप लगाउने घोराही उपमहानगरपालिका–१७ की २८ वर्षीया महिला जेल चलान भएकी हुन् ।

सम्बन्धबिच्छेदपछि अंश मुद्दाका लागि अदालत पुगेकी ती महिलाले अदालतका तहसिलदारले आफूलाई अदालतभित्रै कोठामा जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी थिइन्।

महिलाले २५ हजार रुपैयाँ नदिए बलात्कारको मुद्दा हाल्ने धम्की दिएपछि ती तहसिलदारले हनी ट्र्यापमा पार्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए। आफूसँग महिलाले अनुचित लाभ लिन खोजेको ती तहसिलदारको उजुरीमा उल्लेख छ ।

तहसिलदारले उजुरी दिएपछि प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल  कार्यालयले ती महिलाविरूद्ध हनी ट्र्यापमा मुद्दा चलाएको थियो ।

यही चैत ७ गते जिल्ला अदालतका न्यायाधीश लोकबहादुर हमालको एकल इजलासले ती महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

तर, धरौटी बुझाउन नसकेपछि महिला कारागार चलान भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved