महरालाई हाजिर जमानीमा छाड्ने तयारी

नेपालभ्युज

महरालाई हाजिर जमानीमा छाड्ने तयारी

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ ।

महराको स्वास्थ्य अवस्थालाई कारण देखाउदै हाजिरी जमानीको अनुरोध गर्ने तयारी गरिएको हो ।

अदालतबाट प्राप्त ४ दिनको म्याद सकिएसँगै महरालाई आज म्याद थपका लागि अदालत पेश गरिन लागेको हो ।

अदालतमा स्वास्थ्य अवस्था कमजोर देखाएर अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न अनुरोध गरिने सिआइबी स्रोतले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई दिन लगाएर महरासँगको बयान लिइसकेको छ ।

सीआइबीको बयानपछि महरालाई नर्भिक अस्पतालमै भर्ना गरिएको छ । बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गरिएको थियो । बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ ।

महरालाई गत चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएकोे थियो । गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको आरोपमा महरामाथि अनुसन्धान सुरु भएको हो ।

सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved