मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

नेपालभ्युज

मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गण्डकीका स्वतन्त्र सांसद दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

पार्टीसँग छलफल नगरी सरकारमा सामेल भएपछि स्पष्टीकरण सोध्न लागिएको श्रेष्ठले बताए ।

मनाङे एकीकृत समाजवादी त्यागेर कांग्रेस नेतृत्वको गण्डकी सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।

स्वतन्त्र सांसद रहेका मनाङे २०७९ मंसिर १९ गते एकीकृत समाजवादी प्रवेश गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved