महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन, विनोद चौधरीको पनि बयान लिइँदै

नेपालभ्युज

महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन, विनोद चौधरीको पनि बयान लिइँदै

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगबले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका हुन् ।

निर्देशनका लागि गृहमन्त्री लामिछानेले आतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएका थिए ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष महरा र उनका छोरा राहुल महरा जोडिएका छन् ।

ई–सिगरेट (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा जोडिएका हुन् । यही कानडमा राहुल जेलमा छन् । महरालाई कारबाही गर्न छानकिन आयोगले निर्देशन दिएको छ ।

त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

बाँसबारी जग्गा प्रकरणमा संलग्न रहेकाहरूको समेत बयान लिन निर्देशन दिइएको छ । उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिइँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved