नेसपा अध्यक्ष डा. भट्टराईले बोलाए केन्द्रीय कार्यकारिणी समितिको बैठक

नेपालभ्युज

नेसपा अध्यक्ष डा. भट्टराईले बोलाए केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ ।

पार्टीका नेता महिन्द्र राय यादव पक्षधरले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेलगत्तै भट्टराईले पार्टीको बैठक बोलाएका हुन् । यादवसहित नेता गंगानारायण श्रेष्ठले माओवादीसँग पार्टी एकता भएको घोषणा गरेका थिए ।

यादव पक्षले अध्यक्ष भट्टराईलाई नै ‘बाइपास’ गरी नेसपालाई नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा लैजाने निर्णय गरेसँगै नेसपा विभाजित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved