संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

कांग्रेसले बैठक अवरोध गर्ने

नेपालभ्युज

संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

यसअघि नेपाली कांग्रेसको अवरोधका कारण संसद बैठक आजसम्मलाई स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ । आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved