राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समितिको सभापतिमा कमला पन्त निर्विरोध

नेपालभ्युज

राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समितिको सभापतिमा कमला पन्त निर्विरोध

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

शनिबार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मनोनयन परेको छ । यससँगै एउटा समितिमा दाबेदारीका लागि एक/एक जनाले मात्रै उम्मेदवारी मनोनयन गराएसँगै निर्विरोध निर्वाचित भएका छन् ।

यद्यपि, आधिकारिक रुपमा आइतवारमात्रै घोषणा हुने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

उनले राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरुको कार्यकाल सकिएसँगै नेतृत्व रिक्त रहेको थियो ।

राष्ट्रिय सभा नियमावली, दोस्रो संशोधन नियमावलीले सभापतिको पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने व्यवस्था गरेअनुसार यही ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था भएअनुसार निर्वाचन गर्न लागिएको बताए ।

धमलाले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उक्त समितिको सभापतिका लागि ग्याल्जेन शेर्पालाई सभापतिको रुपमा गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका छन् भने इन्दिरादेवी गौतम र दुर्गा गुरुङले उक्त प्रस्तावलाई समर्थन गरेका छन् ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्य कमला पन्तलाई सोही समितिका सदस्य नारायणदत्त भट्टले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावलाई मान्य शारदादेवी भट्टले समर्थन गरेकी छन् ।

सहायक प्रवक्ता धमलाले आइतवार सभापति निर्वाचित गर्न र औपचारिक रुपमा घोषणा गर्नका लागि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक २ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक १ बजेको लागि बैठक बोलाइएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved