दोषी जो भएपनि नछाड्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

नेपालभ्युज

दोषी जो भएपनि नछाड्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् ।

गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन गर्न, दोषी जो सुकै भएपनि उन्मुक्ति नदिन र निर्दोष नफस्ने गरि काम गर्न निर्देशन दिएका छन् ।

प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा तत्काल काम अगाडी बढाउन प्रधानमन्त्रीबाट अवरोध नहुने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक गृहकार्य सुरु गरिसकेका छन् ।

यसअघि हिजो सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग अध्यक्ष डिल्लीराज आचार्यले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए । आयोगले साढे ५ महिना लगाएर अध्ययन अनुसन्धान गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved