तत्कालीन सेन्चुरी बैंकका सीइओ न्यौपानेसहित १० जना रिहा

नेपालभ्युज

तत्कालीन सेन्चुरी बैंकका सीइओ न्यौपानेसहित १० जना रिहा

काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र पूर्वसीइओ तुलसीराम गौतमसहितका १० जना रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार उनीहरूलाई ‘दैनिक हाजिरी’मा रिहा गर्ने निर्णय गरेको हो ।

सीआईबीका अनुसार  प्रारम्भिक अनुसन्धान सकेर आरोपीलाई दैनिक हाजिरीमा रिहा गर्ने निर्णय गरिएको हो, राष्ट्र बैंकको विज्ञ टोलीसँगको समन्वयमा उनीहरूको मुद्दाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको मिलेमतोमा कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा उनीहरूलाई प्रहरीले माघ १५ गते पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved