जनकपुरधाम । धनुषाधामस्थित रहेको संरक्षित वनमा भीषण आगलागी भएको छ। आगो २०औं बिघा क्षेत्रफलमा फैलिएको छ ।
अहिले धनुषाधाम नगरपालिका, जनकपुरधाम उपमहागनरपालिका र गणेशमान चारनाथ नगरपालिकाको वारुण यन्त्रले आगो नियन्त्रणको प्रयास राखेपनि झन् फैलिँदै गएको छ ।
धनुषाधाम संरक्षित वनसँगै रहेको धनुषाधाम बजारमा समेत आगो सल्किने सम्भावना बढदै गएपछि स्थानीय त्रसित बनेका छन् । वनमा लागेको आगो तीव्र गतिमा बजारतर्फ बढीरहेकोले अन्य विभिन्न पालिका र छिमेकी जिल्लाबाट समेत बारुण यन्त्र मगाइएको छ ।
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सिरहा, महोत्तरीका विभिन्न स्थानबाट बारुण यन्त्र यथाशिघ्र पठाउन गुहारेका छन् । समयमै आगो नियन्त्रणमा नआए बस्ती सखाप हुने सम्भावना छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत आगो निभाउने प्रयास जारी राखेका छन् ।






Facebook Comment
Comment