अन्तर्राष्ट्रिय दबाबका कारण इजरायल लचक बन्दै, सहायता सामाग्री ढुवानीका लागि अवरोध नगर्ने

नेपालभ्युज

अन्तर्राष्ट्रिय दबाबका कारण इजरायल लचक बन्दै, सहायता सामाग्री ढुवानीका लागि अवरोध नगर्ने
तस्वीर बीबीसी

काठमाडौं । अन्तर्राष्ट्रिय दबाब बढेपछि इजरायलले गाजाको मानवीय संकट समाधानका लागि सहायता सामाग्री ढुवानीका लागि सहजीकरण गर्ने भएको छ । इजरायलको सेनाले गाजाको मानवीय संकटलाई सम्बोधन गर्न गाजामा सहायता सामाग्रीको बाढी चलाइदिने बताएको छ ।

उत्तरी गाजामा खाद्यान्न पुर्याउन नयाँ भूमि मार्ग खोलिदिएर इजरायलले सहयोग गरेको छ । इजरायली आक्रमणमा परेको गाजा भोकमरीको जोखिममा रहेको चेतावनी दिइए पछि इजरायल लचक बन्दै गएको बीबीसीले जनाएको छ ।

इयुले गाजाको भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग नगर्न ब्रसेल्स लगायतलाई चेतावनी दिएको थियो । जारी लडाई र इजरायली बमबारीका कारण निम्तिएको असुरक्षा, सीमा बन्द हुँदा सहायता कार्यमा बाधा पुग्दै आएको थियो ।

इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता रियर एडम हागारीले भोकमरीको चपेटामा परेकालाई सहयोग गर्न थप मार्ग खोल्न सकिने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved